Phone: +977-98450-56759
eMail: janakbhushal@gmail.com

दिवाकर स्मृतिबिद्यालयको शैक्षिक प्रतिवेदन


चितवनजिल्लाको सदरमुकाम भरतपुर देखि करीव ४२ कि.मी. दक्षिण भारतसम्मसिमाजोडिएको बघौडा गा.वि.स. वार्ड नं. ९,नयाँपिपरियामा सोमेश्वर सार्वजनिक शैक्षिक गुठी अन्तरगतमुनाफारहितबैकल्पिक शैक्षिक संस्थाको रुपमादिवाकर स्मृतिविद्यालयको स्थापना २०६७ सालमागरिएको थियो।शिक्षालाई निजिकरण र व्यापारिकरणको एउटा प्रवृत्ति र २१ औँ शताब्दीको वैकल्पीक र व्यवहारी शिक्षालाई आत्मसातनगर्ने अर्को प्रवृत्तिबीचमा वैकल्पिक संस्थाको रुपमाशिक्षालाई २१ औँ शताब्दीअनुसार समाजलाई रुपान्तरण गर्ने, श्रम र उत्पादनलाई प्राथमिकतादिने र बैज्ञानिक सुचनाप्रविधिलाई ग्रहण गर्न सक्ने कुशलव्यवस्थापनसहित सर्वसुलभ ढङ्गले शिक्षादिने उद्देश्यकासाथ यस विद्यालयको स्थापनागरिएको हो।

२०६७ सालमाकक्षा ५ सम्म संचालनहुने गरी सुरु गरिएको यसविद्यालयमाहालकक्षा८ सम्म संचालनमाआएको छ।हाल करीब ४०० जनाविद्यार्थीहरु, १९शिक्षकशिक्षिका सहित ३ अन्यकर्मचारीहरु रहेका छन्। यस विद्यालयमादिवाकर बालविकास केन्द्र पनि संचालनमा रहेको छ । विद्यालयको औपचारिक उद्घाटन तात्कालीन नेपालसरकारकाशिक्षामन्त्रीदिनानाथशर्माज्यू बाट २०६८ माघ १३ गते एक विशेष समारोहकाबिच सम्पन्नभएको थियो।

उद्देश्यहरुः
दिवाकर स्मृतिविद्यालयको स्थापनागर्नुका पछाडी निम्न उद्देश्यहरु रहेका छन्ः
१) यस क्षेत्रमा रहेकाशिक्षितजनसमुदायलाई सहभागी गराई शिक्षालाई समुदायको एक अभिन्नअंगको रुपमाविकास गर्ने।
२) शिक्षालाई सामाजिक, साँस्कृतिकएवं आर्थिक परिवर्तनको आधार स्तम्भको रुपमा स्थापनागर्ने।
३) शिक्षामा रहेको व्यापारिकरणको अन्त्य गरी व्यवहारिक र बैज्ञानिक शिक्षाप्रदानगर्ने।
४) अनुशासित, देशभक्त, प्रगतिशील, कर्तव्यनिष्ठएवं चरित्रवाननागरिक तयार गर्ने।
५) एक्काइसौँ शताब्दीको बैज्ञानिक सुचनाप्रविधिसहितको शिक्षाप्रदानगर्ने।
६) बालबालिकहरुको शारीरिक, मानसिकव्यक्तित्वको विकास गर्न विभिन्नअतिरिक्तक्रियाकलापसहितको शिक्षाप्रदानगर्ने।
७) द्वन्द पीडित, शहीद परिवार, सिमान्तकृत जातीजनजाती, दलित र आदिवासी समुदायको बालबालिकाहरुको अध्यापनमाध्यानदिने ।
८) छिमेकी शैक्षिक संस्थाहरुमा सुधार तथा गुणस्तरको विकासकालागिपहलतथा नेतृत्वगर्ने ।
९) शैक्षिक सुचनालाई व्यवस्थितगर्ने ।
१०) बैंकल्पिक शिक्षण प्रणालीको विकास गर्ने ।

उपलब्धीहरुः
यस विद्यालय स्थापनाको चौथो बर्षसम्महामीनिम्नबिषयहरुमा सफलभएको हामीले विश्वास गरेका छौं ।
१) २१ औँ शताब्दी सुहाउँदो वैज्ञानिक सुचनाप्रविधि सहितको शिक्षाप्रदानगर्न कम्प्युटर, इ–मेल इन्टरनेटसहितकोशिक्षा अगाडी बढाइरहेका छौं ।
२) विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने उद्देश्यका साथविभिन्नविशेषज्ञ मार्फत अतिरिक्तकक्षाको व्यवस्थागरिएको छ।
३) विभिन्न साधनहरुको प्रयोग गरी श्रव्य दृश्यविधिद्वारा पठनपाठन गरिएको छ।
४) जेहेन्दार र गरीव छात्र÷छात्राहरुलाई छात्रवृत्तिको व्यवस्थागरिएको छ।
५) टाढाका विद्यार्थीहरुलाई स्कुलबसको व्यवस्था गरीएको छ।
६) विद्यालयमा शैक्षिक गुणस्तर कायमगर्नको लागि धेरै मेहनतहरु गरिएका छन्, जसको फलस्वरुप यसै बर्षको कक्षा ८ को जिल्ला स्तरिय परीक्षामाहामीयस क्षेत्र भरीकै सर्बोत्कृष्ट हुन सफलभयौं ।
७) सोलार उर्जा प्रयोग गरी खानेपानीको सहजआपूर्ति गरिएको छ।
८) बिज्ञान प्रयोगशालाको व्यवस्थागरिएको छ र पुस्तकालयएवं इ–पुस्तक९भ्(द्यययप०को प्रबन्धगरिएको छ।
९) बार्षिक क्यालेण्डर तयार गरी प्रत्येक हप्ता अतिरिक्तक्रियाकलापहरु संचालनगरिएको छ ।
१०) बार्षिक रुपमा खेलकुद सप्ताह गरी बच्चाहरुको स्वास्थ्यतथाशारीरीकशिक्षाप्रतिध्यानदिइरहेको छ।

समस्या र चुनौतीहरुः
विद्यालयको स्थापनाकाल देखि धेरै खाले समस्या र चुनौतिहरु पार गर्दै यहाँ सम्मआइपुगेका छौं ।अझै पनि धेरै समस्या र चुनौतीहरु छन्।
१) राज्यबाट यस किसिमको विद्यालयको बर्गीकरणमा स्पष्ट नीति छैन,जसको कारण राज्यबाट प्राप्तगर्न सकिने सहयोगहरु पर्याप्तमात्रामाप्राप्तगर्न सकिएको  छैन।
२) केहीअभिभावकहरुमाशिक्षाप्रति सकरात्मकधारणा विकास भइसकेको नहुनु ।
३) यस क्षेत्रबाट हुने बसाईंसराईं पनिचुनौतिपूर्ण बन्नपुगेको छ जसकाकारण हामीनियमित रुपमाबच्चाहरुलाई शिक्षादिन सकिरहेका छैनौं ।
४) पेशागतदक्षशिक्षकहरु सहज रुपमाउपलब्धहुननसक्नु जसको कारण हामीले सोचे अनुरुपको शैक्षिक गुणस्तर र अंग्रेजीबोल्ने वातावरणको अपेक्षितविकास गर्न सकिरहेका छैनौं ।
५) विद्यार्थीहरुको बढ्दो चापलाई व्यवस्थितगर्नको लागिआवश्यकभौतिक संरचनाको अभावहुनु ।
६) नि.मा.वि.,मा.वि. तहमाविद्यार्थीहरु विस्थापितहुने समस्याकाकारण माध्यमिकतह संचालनमा कठिनाई भइरहेको छ ।
७) थपबसको व्यवस्था गरी यातायातको सेवालाई सहजवनाउन सकिएको छैन।


भावी योजनाहरु÷आगामीकार्य योजनाहरु ः
ड्ड    हालकक्षा८ सम्म संचालितविद्यालयलाई माध्यमिकतहहुदै +२ सम्म लैजाने ।
ड्ड    शिक्षकहरुमा पेशागतदक्षताविकास गर्नको लागिविभिन्नकार्यक्रमहरु संचालनगर्ने ।
ड्ड    वैज्ञानिक र व्यवहारिक शिक्षाप्रदानगर्नको लागिआवश्यक स्रोत र साधनको व्यवस्थागर्ने ।
ड्ड    यातायातको साधनहरुको थप गरी टाढाका विद्यार्थीहरुलाई आवतजावतमा सहजबनाउने।
ड्ड    शिक्षक, अभिभावक र विद्यार्थीहरु बिचको सहकार्यलाई बृद्विगर्ने ।
ड्ड    भौतिक संरचनाहरुलाई थप गरी व्यवस्थित र शैक्षिकवातावरण सृजनागर्ने ।
ड्ड    विद्यालयमा क्यान्टिनको व्यवस्था गरी विद्यार्थी र शिक्षकहरुलाई स्वच्छ,सफा र सहजखाजाको  व्यवस्थागर्ने।
ड्ड    विद्यालयमाअंग्रेजीबोल्ने वातावरण सृजनागर्ने ।
ड्ड    अतिरिक्तकक्षाहरुलाई अझव्यवस्थित र प्रभावकारी बनाउने ।
ड्ड    नृत्य, खेलकुद र अन्यअतिरिक्तक्रियाकलापहरु संचालनगर्ने ।

सुझावहरुः
यस विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न निम्न सुझावहरु पेश गर्न चाहन्छु ।
ड्ड    आवश्यकमात्रामाभौतिकनिर्माणका कामहरु जस्तै कक्षाकोठाहरु, शौचालय, खानेपानी र खेलकुदलाई व्यवस्थितगर्दै थपगर्ने।
ड्ड    शिक्षकहरुलाई पेशागतदक्षबनाउन समय सापेक्ष तालिमको व्यवस्थागर्ने।
ड्ड    शैक्षिक सामाग्रीहरु आवश्यकमात्रामाथपगर्ने।
ड्ड    विद्यालयसँग सरोकार राख्ने सबैलाई विद्यालयमानियमितनिगरानीगर्ने व्यवस्थामिलाउने ।

यस विद्यालयले लिएका उद्देश्य समून्नत राष्ट्र निर्माणका लागि धेरै महत्वपूर्ण छन्।जस्का प्राप्तीकालागिहामी सबैले मिलेर कामगर्न जरुरी छ।कुनै नाफावाव्यापारिक उद्देश्यकालागिनभई मुनाफारहित संस्थाभएकाकारण यस विद्यालयमाहामी सबैको उत्तरदायित्व बढाउन जरुरी छ।यसकालागिविभिन्न समितिहरु बनाई सबैले जिम्मेवारी लिई कामगर्नु पर्ने देखिन्छ।
१) शैक्षिकअनुगमन समिति।
२) शैक्षिक सामग्रीव्यवस्थापन समिति ।
३) अतिरिक्तक्रियाकलाप अनुगमन समिति ।
४) भौतिकनिर्माण तथायातायातव्यवस्थापन समिति ।
५) आर्थिक अनुगमन समिति ।
६) पुस्तकालयप्रयोगशालाव्यवस्थापन समिति ।


प्रधानाध्यापक
जनकराज भुसाल
दिवाकर स्मृतिबिद्यालय

0 Comments: