Phone: +977-98450-56759
eMail: janakbhushal@gmail.com

दिवाकर स्मृति विद्यालय विनियम, २०६७

दिवाकर स्मृति विद्यालय


विनियम, २०६७






बघौडा–९, नयाँ पिपरिया माडी, 
चितवन ।




विनियम २०६७
शिक्षा नियमावली २०४९ को परिच्छेद ४ को नियम १६ उपनियम २ ले दिएको अधिकार प्रयोग गरी सोमेश्वर सार्वजनिक शैक्षिक गुठी सञ्चालक समितिले देहायको विद्यालय विनियम २०६७ लागू गरेको छ । 

भाग १
शैक्षिक व्यवस्थापन पक्ष
प्रारम्भीक 
१. सक्षिप्त नाम र प्रारम्भः 
(क) यस विनियमको नाम दिवाकर स्मृति विद्यालय २०६७ रहनेछ । 
(ख) यो विनियम जिल्ला शिक्षा समितिबाट स्वीकृत भएको मितिदेखि प्रारम्भ वा लागू हुनेछ । 
(ग) विद्यालयको आवश्यकता अनुसार यो विनियमलाई समय समयमा शंसोधन गर्न सकिनेछ । 
१. २. परिभाषाः 
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमाः 
(क) “विद्यालय विनियम” भन्नले शिक्षा नियमावली २०४९ को परिच्छेद ४ नियम १६ को उपनियम २ अन्तर्गत विद्यालय व्यवस्थापन समितिले संस्थागत निजी क्षेत्रमा विद्यालय संचालन गर्न आवशयक पर्ने नीति निर्धाराण गर्ने विद्यालय विनियमलाई जनाउनेछ । 
(ख) “विद्यालय व्यवस्थापन समिति” भन्नलो दिवाकर स्मृति विदालयको व्यवस्थापन समितिलाई सम्झनु पर्नेछ । 
(ग) “उपसमिति” भन्नाले व्यवस्थापन समितिद्वारा आवशयकता अनुसार गठन हुने उपसमितिलाई जनाउँदछ । 
(घ) “संस्थापक” भन्नाले विद्यालयको संस्थापकलाई जनाउनेछ । 
(ङ) “प्र. अ.” भन्नाले विद्यालयको प्रधानध्यापकलाई जनाउनेछ । 
(च) “सहायक प्र. अ.” भन्नाले प्र. अ. को अनुपस्थितिमा प्रशासनिक कार्य संचालनलाई सहयोग गर्ने शिक्षकलाई जनाउनेछ ।
(छ) “लेखा प्रमुख” भन्नाले प्र. अ. को आवश्यक नीति निर्देशनमा रही आर्थिक कारोवारको जिम्मा लिने कर्मचारीलाई सम्झनु पर्दछ ।
(ज) “शिक्षक” भन्नाले विद्यालयमा बहाल रहेका स्थायी, अस्थायी र करार सेवामा रही काम गर्ने व्यक्ति सम्झनु पर्छ । 
(झ) “कर्मचारी” भन्नाले विद्यालयमा बहाल रहेका काम गर्ने व्यक्ति सम्झनु पर्नेछ । 
(ञ) “विद्यालय” भन्नाले दिवाकर स्मृति विद्यालयलाई जनाउनेछ । 
(ट) “विद्यार्थी” भन्नाले विद्यालयमा अध्ययन गर्ने छात्रछात्रालाई सम्झनु पर्नेछ । 
(ठ) “विद्यालय परिवार” भन्नाले विद्यालयसँग सम्बद्ध संस्थापक, शिक्षक लगायत कर्मचारी विद्यार्थीका बावुआमा, अभिभावक र विद्यार्थीहरुलाई जनाउनेछ । 
१.३. विद्यालयको लक्ष्यः 
(क) यस विद्यालयलाई गुणस्तरीइ शिक्षा आर्जन गर्ने थलोको रुपमा लिदै राष्ट्र, राष्ट्रियताका लागि, अनुशाशित, चारित्रिक, सृजनशिल र आदर्श एवं कर्मठ नागरिक तयार पार्नु विद्यालयको प्रमुख लक्ष्य हुनेछ । 
(ख) शिक्षक तथा कर्मचारीको पेशागत हक, हितको संरक्षण र सम्बद्र्धनका लागि प्रयत्नशिल रहने । 
(घ) शिक्षाको माध्यमबाट सबै समुदायका विद्यार्थीहरुलाई सेवा पु¥याउने तथा शारीरिक, मानसिक र बौद्धिक रुपले उनीहरुमा रहेका प्रतिभालाई प्रस्फुटन गराई मुलुकमा एउटा सचेत र दक्ष जनशक्ति उत्पादनमा सहयोग पु¥याउने । 
(ङ) नेपाली कला र संस्कृतिको जर्गेना गर्ने प्रकारको शिक्षा प्रदान गर्ने । 
(च) विद्यालय र अभिभावक बीच आपसी समझदारी र सहयोगको अभिवृद्धि गर्ने । 
१.४. शैक्षिक विकासका कार्यक्रमहरुः 
वर्तमान शिक्षा प्रणाली अनुसार विदालयको शिक्षण ःव्यवसाय संचालन हुनेछ । शिक्षा क्षेत्रको वृहत्तर विकासका लागि शिक्षक तालिम व्यवस्था, नयाँ कार्यक्रमको खोजी र व्यवहारिक शिक्षाको थालनी आदिलाई प्राथमिकता दिइनेछ । 
१.५. विद्यालयको स्तरः 
विद्यालयको  साधन स्रोत, सुविधा एवं मान्यता हेरी नि. मा. वि., मा. वि. तथा उच्च मा. वि. तर्फ क्रमिक तह वृद्धि गर्दै लानका लागि सम्बन्धित निकायमा माग गरिनेछ । 
१.६. विद्यार्थी भर्नाः 
प्रत्येक नयाँ शैक्षिक सत्रको शुरुवातमा पुर्व नयाँ विद्यार्थीहरुलाई योग्यता र उमेरको आधारमा भर्ना गरिनेछ । अर्को विद्यालयबाट आएका विद्यार्थीहरुको हकमा चारित्रिक एवं) स्थानान्तरण प्रमाणपत्र अनिवार्य हुनेछ । साथै एकै कक्षामा चालिस जनाभन्दा बढी विद्यार्थी भर्ना लिइने व्यवस्था हुने छैन । 
१.७. स्वास्थ्योपचारः
(क) निरोगिताको लागि विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राखि नियमित स्वास्थ्य परीक्षण गर्ने र नेपाल सरकारको आव्हानमा संचालन हुने कार्यक्रममा सहभागी हुन विद्यालयले पहल गर्नेछ ।
(ख) विद्यालय हाताभित्र सरसफाई एवं शुद्ध खानेपानीको व्यावस्था र पं्रयोग, स्वास्थ्यलाई हानी हुन सक्ने खाद्यपदार्थ बन्देज सम्बन्धी विद्यालयले नै तदारुकता देखाउनेछ ।
१.८. यातायात व्यवस्थाः 
यस सम्बन्धमा कुनै टाढा स्थानबाट विद्यालयमा अध्ययनको लागि आउन सक्ने विद्यार्थीहरुका अभिभावकहरुको माग र विद्यालय प्रशासनको दृष्टिकोणमा आवश्यक ठहरिन आएको अवस्थामा बसको सःशुल्क व्यवस्था गर्न सकिनेछ ।  
१.९. विद्यार्थीको आचार संहिताः 
विद्यार्थीहरुले विद्यालयमा समयमा वा अन्य समयमा विद्यालयको हाता भित्र या बाहिर सामाजिक अपराध अनुशासनहीन कार्य आदि गरेमा विद्यालयको नियम मुताविक कारवाहीका लागि विद्यार्थी आचार संहिता लागू हुनेछ । 
१.१०. िशक्षाको माध्यमः 
शिक्षाको माध्यम राष्ट्रभाषा (नेपाली) र अंग्रेजी हुनेछ । 
१.११. पाठ्यक्रम र पाठ्यपुस्तकः 
(क) विद्यालयले नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृत पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक र विद्यालयको ऐच्छिक पाठ्यपुस्तकरु शिक्षा मन्त्रालय –जि. शि. का. बाट स्वीकृत गरिनेछ । 
१.१२. अतिरिक्त क्रियाकलापः 
विद्यार्थीहरुको शारीरिक, मानसिक र शैक्षिक विकासको लागि विद्यालयमा पढाइएको अतिरिक्त सह–क्रियाकलापहरु प्रतियोगिताको रुपले संचालन गरिनेछ । 
१.१३. विविधः 
विद्यालयको विस्तारक्रमलाई ध्यानमा राखी काम, कर्तव्य, अधिकार र विभागहरुको क्षेत्रलाई फराकिलो पार्न सकिनेछ । 
१.१४. शिक्षक  तथा कर्मचारीको आचारसंहिताः 
शिक्षक तथा कर्मचारी विद्यालय प्रति र विद्यालयको चौतर्फी विकासको लागि चिन्तनशिल बन्नुपर्नेछ । विद्यालयको सम्मान र प्रतिष्ठामा आँच आउने प्रकारका क्रियाकलाप कहिल्यै गर्न पाइने छैन । त्यसैले विद्यालयमा शिक्षक तथा कर्मचारी देहाय बमोजिमको आचारसंहिता पालन गर्नुपर्नेछः 
(क) शिक्षक तथा कर्मचारीहरुमा आफूले अपनाएको पेशाप्रति आस्था सम्मानको भावना लक्ष्य सम्झनु पर्दछ । 
(ख) विद्यार्थीहरुलाई योग्य नागरिक बनाउने उद्देश्य लिई अध्ययन र अध्यापनलाई आफ्नो लक्ष्य सम्झनु पर्दछ । 
(ग) अनुशासन, सद्भावना, सहयोग, सदाचार, सहानुभूति, धैर्य र सच्चरित्रलाई प्रोत्साहन दिनुपर्दछ । 
(घ) कुनै भाषा, सम्प्रदाय तथा धर्म विरोधी भावना फैलाउनु हुदैन । 
(ङ) विद्यालय वा शैक्षिक संस्थाको माध्यमद्वारा राष्ट्रियताको भावना जागृत गरी देशमा भावनात्मक एकता ल्याउने काम गर्नुपर्दछ । 
(च) शिक्षक तथा कर्मचारीहरु निर्धारित समयमा नियमित रुपले विद्यालयमा हाजिर हुनु पर्नेछ ।
(छ) शिक्षक तथा कर्मचारीहरु पुरा समय विद्यालयमा बस्नु पर्नेछ । प्र. अ. को स्वीकृति बेगर बाहिर जान पाइनेछैन । 
(ज) शिक्षक तथा कर्मचारीहरुले हाजिरी बहीमा आफू विद्यालयमा हाजिर हुन आइपुगेको समय र विद्यालयबाट बाहिर गएको समय स्पष्ट खोली हस्ताक्षर गर्नुपर्दछ । हाजिरी बहीमा हस्ताक्षर नभएमा गैर हाजिरी जनाइनेछ । 
(झ) विद्यालयमा अपशब्द बोल्ने, रिसाउने र होहल्ला गर्ने, कसैको चरित्र हत्या गर्ने, झुठ्ठा आरोप लगाउने जस्ता क्रियाकलाप गर्नुहुदैन । 
(ञ) विद्यालयको कोष र सम्पत्रिको दुरुपयोग गर्नुहुदैन । 
(ट) विद्यालय हाता भित्र हात हतियार विष्फोटक पदार्थ ल्याउनु हुदैन । 
(ठ) विद्यालयको समय भित्र विद्यालयमा प्र. अ. को स्वीकृति बेगर बैठक बोलाउने अधिकार हुनेछैन । 
(ड) विद्यार्थी र अभिभावकबाट कुनै पनि प्रकारको उपहार (गिफ्ट) स्वीकार गर्न पाइनेछैन । 
(ढ) विद्यालयको कार्यक्रम र बैठकमा अनिवार्य रुपले उपस्थित हुनु पर्नेछ । 
(ण) आ–आफ्नो कक्षाको अनुशासन, सरसफाई र चौतर्फी विकासको लागि सम्बन्धित कक्षा शिक्षक पूर्ण रुपमा जिम्मेवार हुनुपर्नेछ । 
(त) कक्षा शिक्षक, शिक्षिकाले चउरमा उपस्थिति –ग्राउण्ड एसेम्बली) मा विद्यार्थीहरुलार्य पंक्तिवद्ध उभ्याई अनुशासित ढंगले मिलाउनु पर्नेछ । 
(थ) आकस्मिक समय बाहेक अनुमति बेगर कक्षा छाड्न पाइने छैन ।
(द) कक्षा शिक्षक, शिक्षिकाले विद्यार्थीहरुलाई कठोर शारीरिक सजाय दिन पाइने छैन । विद्यार्थीहरुले अनुशासनहिन काम गरेमा उनीहरुको डायरीमा जनाई सो को जानकारी विद्यालयमा दिनुपर्नेछ । 
(ध) संस्थापक वा प्र. अ. को स्वीकृतिमा विद्यालयको हाता भित्र अतिरिक्त कक्षा लिन पाइने छैन । 
(न) विद्यालयको गोप्य कागज बाहिर लैजान र विद्यालयको गोपनियता भंग गर्नपाइने छैन । 
१.१५. उपनियम १ बमोजिमको आचारसंहिताको पालना भए नभएको अभिलेख शिक्षकहरुको प्र. अ. ले र प्र. अ. को हकमा संस्थापक वा वि.व्य. स. ले राख्नुपर्नेछ ।

भाग २
प्रशासनिक पक्ष
२.१. विद्यालयको व्यवस्थथापन समितिः 
(क) विद्यालय संचालन, रेखदेख, नियन्त्रण र चौतर्फी विकासको लागि शिक्षा, नियमावली, २०४९ बमोजिम व्यवस्थापन समितिको गठन हुनेछ । 
(ख) व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार शिक्षा नियमावली बमोजिम हुनेछ । 
२.२. संस्थापकहरुको काम, कर्तव्य र अधिकारः 
संस्थापकहरुको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः 
(क) विद्यालयको लक्ष्य र उद्देश्य प्राप्तीको लागि सक्रिय भूमिका निर्वाह गर्ने । 
(ख) विद्यालयको संचालन, रेखदेख, निरीक्षण गर्ने र सर्वाङ्गिण विकासको लागि प्रयत्नरत रहने । 
(ग) विद्यालय संचालानार्थ सोमेश्वर सार्वजनिक शैक्षिक गुठीका संचालकहरुलाई आवश्यक स्रोत र साधन जुटाउन सहयोग गर्ने ।
(घ) विद्यालयको चल अचल सम्पत्तिको संरक्षण गर्ने । 
(ङ) विद्यालयमा स्वच्छ शैक्षिक वातावरण कायम गर्ने । 
(च) विद्यालयको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गर्ने । 
(छ) विद्यालय व्यवस्थापन समितिको कुनै पद रिक्त भएमा पदपूर्तिको व्यवस्था गर्ने । 
(ज) विद्यालयको तर्फबाट प्रतिनिधि भई काम गर्ने । 
२.३. शिक्षक तथा कर्मचारीको नियुक्ति, अवकास र सेवा सम्बन्धि अन्य शर्तः 
(क) सोमेश्वर सार्वजनिक शैक्षिक गुठी संचालक समितिले योग्यता प्राप्त उम्मेदवारहरु मध्येबाट प्र. अ. को चयन गर्ने । 
(ख) दक्ष शिक्षक तथा कर्मचारी भर्ना गर्ने । 
(ग) धर्म, वर्ण, लिङ्ग जाति आदिको आधारमा भेदभाव नगरी कुनै पनि शिक्षक तथा कर्मचारीको नियुक्तको नियुक्तिबारे छनौट उपसमितिको सिफारिश अनुसार अन्तिम निर्णय गुठी संचालकले निर्णय गरेपछि प्र. अ. ले शिक्षक तथा कर्मचारी नियुक्ति गर्ने । 
२.४. निम्न कागजातहरु पेश नगरेसम्म नियुक्तिपत्र दिइनेछैन । 
(क) शैक्षिक योग्यताको प्रमाण पत्रको सक्कल प्रति पेश नगरेमा । 
(ख) नेपाली नागरिकता प्रमाण पत्र सक्कल प्रति पेश नगरेमा ।
(ग) चारित्रिक प्रमाण पत्रको सक्कल प्रति पेश नगरेमा । 
२.५. नियुक्ति  प्रक्रियाः 
(क) आफैले लेखेको निवेदनसहित योग्यता, अनुभव, चारित्रिक प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रका विवरणहरु पेश गर्नुपर्नेछ । 
(ख) निवेदकले लिखत परीक्षा र अन्तरवार्ताको निम्ती विद्यालयमा आफै समपर्क राख्नुपर्नेछ । 
(ग) छनौट भएका उम्मेदवारहरुलाई व्यक्तिगत रुपले सूचना दिइनेछ । अथवा सूचना पाटीमा सूचना प्रकाशित गरिनेछ । 
(घ) प्रिन्सिपलले वि. व्य. समितिको राय लिई शिक्षक तथा कर्मतचारीको नियुक्ति, सेवा र शर्तबारे आवश्यक व्यवस्था मिलाउनेछ । 
२.६. चारित्रिक प्रमाणपत्रः 
(क) नयाँ नियुक्तिको लागि योग्यता, अनुभव वा अन्य कुनै उपाधि हासिल गरेको भए सो को सक्कलै प्रति पेश गर्नुपर्नेछ र सो छानविन पश्चात फिर्ता दिइनेछ । तर योग्यता प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र परीक्षणकाल अवधिपश्चात मात्र फिर्ता दिइनेछ । 
(ख) शिक्षक तथा कर्मचारी स्थायी नियुक्ति गर्दा एक वर्षको परीक्षणकालमा रहने गरी नियुक्ति गरिनेछ । शिक्षक तथा कर्मचारीको काम सन्तोषजनक रुपमा नभएमा निजलाई परीक्षणकाल भित्रै हटाउन सकिनेछ । 


२.७ शिक्षक तथा कर्मचारीको वर्गिकरणः
क)अस्थायी
ख)स्थायी
ग)आंशिक समय,
घ) ज्यालादारी,
ङ)करार

क)अस्थायीः विद्यालयको आवश्यातानुसार स्थायी व्यक्ति नियुक्ति भएमा स्वतः अवकाश हुनेगर िबढिमा ६महिनाको लागि कुनै योग्य व्यक्तिलाई शिक्षक तथा कर्मचारी पदमा नियुक्ति गर्न सकिन्छ ।
ख)स्थायीःशिक्षक छनौट उपसमितिबाट लिइने परीक्षा तथा अन्तवार्ता उत्तिर्ण हुने उम्मेदवार वा विद्यालयमा कम्तिमा ५ वर्ष सम्म लगातार सेवा गरेका अनुशासित, कर्तव्यनिष्ट अस्थायी शिक्ष्कलाई स्थायी नियुक्ति गर्न सकिनेछ ।
ग)आंशिक समयः विद्यालयको आवश्यकतानुसार कु
नै षियमा अध्यापनार्थ व्यक्तिलाई आंशिक समय काम गर्ने गरी शिक्ष्क तथा शिक्षिका पदमा प्रिन्सिपलले नियुक्ति गर्न सक्नेछ । तर दक्ष एवं विद्यालयको नीति निर्देशनमा रहेर काम गर्न अयोग्य भएमा स्वतः हटाउन सकिनेछ ।
घ)ज्यालादारीः काम गरेको दिनको मात्र तलब ,भत्ता दिइने गरी बढीमा ६ महिनाको लागि शिक्षक तथा कर्मचारी नियुक्ति गरिनेछ ।
ङ) करार सेवाः विद्यालयको आवश्यकता हेरी विशेष प्रकारको ज्ञान , सीप र अनुभव प्राप्त व्यक्तिलाई निश्चित समयको लागि .िव्य.समितिको स्वीकृति लिई वा अनुमोदन गराउने गरी संस्थापक वा प्रिन्सिपलले  नियुक्ति गर्न सक्नेछ ,यसमा पारिश्रमिक, सेवा शर्त र सुविधा आदि तोकिए बमोजिम हुनेछ ।
२.८ दरबन्दी सृजना र तह विभाजनः
१. विद्यालयको पठनपाठन सुचारु ररुपले संचालन गर्न र अन्य प्रशासनिक कामहरु नियमित रुपमा संचालन गर्न संस्थापक वा प्रिन्सिपलको सिफारिसमा व्यवस्थापन समितिले आवश्यकता अनुसार शिक्षक वा कर्मचारी पद सृजना गरी तह विभाजन गर्नेछ ।
२.कुनै विशेष कारणवश रिक्त हुन गएको पद सम्वन्धमा आवश्यकता पुनः विचार हुन सक्नेछ ।
२.९शिक्षक छनौट उपसमितिः
विद्यालयमा रिक्त स्थायी वा स्थायी पदपुर्तिका लागि शिक्षा नियमावली को नियम २५ (क) उपनियम १ बमोजिम देहायका शिक्षक छनौट उपसमिति रहनेछ ।
२.१० शिक्षक छनौट उपसमितिका कामहरु ः 
शिक्षक छनौट उपसमितिका कामहरुः
क) रिक्त छनौट गर्न विज्ञापन वा दरखास्त आव्हान गर्ने
ख)उम्मेद्वारको दरखास्त छानविन गरी अस्वीकृत गर्ने ।
ग)न्युनतम  योग्यता पुगेका उम्मेदवारहरु मध्येवाट  छनौट लिखित परीक्षा, अन्तर्वार्ता,प्रयोगात्मक परीक्षा आदि कुन विधि अपनाउने भन्ने कुरा निर्धारण गरी परीक्षा संचालन गर्ने ।
घ)शिक्षक तथा कर्मचारीको छनौट गर्ने र नियुक्तिको लागि प्रिन्सिपललाई सिफारीस गर्ने
ङ) शिक्षक तथा कर्मचारको छनौट गर्ने र नियुक्तिको लागि प्रिन्सीपललाई गर्ने 
च) यस विनिमय र व्यवस्थापन समितिले तोकेको अन्य कार्यहरु गर्ने ।
२.११ रिक्त पदको विज्ञापन ः
क)रिक्त पद वा बढुवा पदको विज्ञापन कुनै पत्रपत्रिकामा वा सुचना पाटीमा सुचना मार्फत कम्तीमा ७ दिनको अवधि तोकि दरखास्तको लागि आव्हान गरिनेछ ।
२.१३अयोग्यताः
विद्यालयमा देहायका व्यक्ति शिक्षक वा कर्मचारीको पदमा नियुक्ति हुन योग्य ममानिने छैन ।
क)नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कैदको सजाय पाएको व्यक्ति वा कुनै प्रकारको अपराधमा फरार भएको व्यक्ति ।
ख)कडा रोगबाट ग्रसित ,बोली स्पष्ट नभएको व्यक्ति
ग)१६वर्ष उमेर नपुगेको व्यक्ति ।
घ)४०बर्ष उमेर नाघिसकेको व्यक्ति ।
२.१४नियुक्ति हुने अधिकारीः
शिक्ष्क छनौट उपमितिको सिफारिस अनुसार वि.व्य.स.संग राय लिइ प्र.अ. नियुक्ति दिनेछ ।
२.१५ बढुवा m
शिक्षक तथा कर्मचारी बढुवा निम्न शर्तहरुको आधारमा प्रिन्सिपलको सिफारिसमा वि.व्य.स.ले निर्णय गर्नेछ ।
१.योग्य र दक्ष भएमा ।
२.अनुशासित र र्काव्य निष्ठ भएमा ।
३.जष्ठताको आधारमा ।
२.१६ बिदा सम्वन्धी व्यवस्था ः
अ.बिदा अधिकारको कुरा होइन, सहुलियत मात्र हो ।
आ.विद्यालको काममा बाधा नपर्ने लागेमा संस्थापक तथा प्रिन्सिपलले बिदा स्वीकृत गर्न सकनेछ ।
इ.मुनासिव माफिकको कारण बाहेक विदा निकासा नलिई कुनै पनि शिक्षक तथा कर्मचारी विद्यालयमा अनुपस्थित हुनुहुदैन ।
ई.निर्धारित समयमा विद्यालयमा हाजिर नहुने शिक्षक शिक्षिका तथा कर्मचारीलाई गयल गर्न सकिनेछ ।
क)विरामी विदाः
१शिक्षक तथा कर्मचारीले एक शैक्षिक सत्रमा १२दिन विरामी विदा पाउनेछ ।
२.विरामी विदा बस्दा पुरा तलब पाउनेछ ।
३.स्थायी शिक्षक शिक्षिका तथा कर्मचारी असक्त विरामी भई संचित विदाले नपुग्ने भएमा बढीमा १२ दिन सम्मको पश्कि विरामी विदा दिन सकिनेछ ।
४.७दिनभन्दा बढि अबधिको विरामी विदाको माग गर्ने शिक्षक ,शिक्षिका तथा कर्मचारीले चिकित्सकको प्रमाणपत्र पेश गर्नु पर्नेछ ।
५.विरामी विदा संचित गरी राख्न पाइने छ ।
६.शिक्षक , शिक्षिका तथा कर्मचारीले विद्यालय छाडेकामा निजको संचित रहेको विरामी विदा वापतको रकमा एकमुष्ठ पाईनेछ ।
ख) क्रीया विदाः
कुनै पनि शिक्षक , शिक्षिका तथा र्कमचारी कुल धर्म अनुसार आफै क्रिया बस्नु परेमा एक पटकम १५ दिन क्रिया विदा उाँउनेछ ।
ग)प्रसुति विदा ः
१.महिला शिक्षिका तथा कर्मचारी  गर्भवति भएमा निजले सुत्केरीको अवधिपछि गरी ३५दिन प्रसुति विदा दिन पाउनेछ । सो अवधिको तलब पुरा पाउनेछ ।
२.प्रसुति विदा सेवा अवधिभर दुई पटक मात्र दिइनेछ ।
घ) वेतलवी विदाः
१.सामान्यतया बेतलवी विदा दिईने छैन । तर अन्य विदा संचित नभएको अवस्थामा आकस्मिक घट्ना भएको बुझिएमा वि.व्य. समितिले निर्णय गरे वमोजिम हुनेछ ।
ङ)असाधारण विदा ः
१.शिक्षका, शिक्षिका तथा कर्मचारीले असाधारण विदा लिनु पर्ने कारण सहित निबेदन दिएमा र कारण् मुनसिव देखिएमा गुठी तथा वि.व्य.स.ले तमाम सेवा अवधिभर एकम वर्ष नबढाई बेतलवी असाधारण विदा दिनु सक्नेछ ।
२.पाँच वर्ष अबधि नपुगि कुनै पनि शिक्षक तथा कर्मचारीले असाधारण विदा पाउँने छैन ।
नोटः
१.कुनै शिक्षक शिक्षिका तथा कर्मचारीले विदा नलिई ७दिन भित्र पनि जानकारी नगराएमा निज संग स्पष्टिकरण मागिनेछ ।
२.स्वीकृत नगराई विदा बसेमा गैरहाजीरी गरिनेछ ।
च)वार्षिक विदाः
हिउदे र वर्षे सम्म गरी वर्ष भरिमा बढिमा ५५ दिन वार्षिक विदा दिईनेछ ।
२.१७ विद्यायलको विदा र अध्यापन समयः
विदाः
क)काम गर्ने समय स घण्टा कम्तिमा २२०दिन वा ५२८० घण्टा हुनेछ ।
ख)विद्यालय समयभन्दा अघि वा पछि पनि विद्यालयको आवश्यकता अनुसार कर्मचारीलाई जुनसुकै बेला कममा खटाउन सकिनेछ ।
अध्यपन समय ः
क)हरेका शिक्षिक शिक्षीका ले एक दिनमा बढिमा ५ घण्टा विद्यार्थीहरुर्ला अध्यापन गर्नु पर्नेछ ।
ख)माथि उल्लेखित समय बाहेक पनि विद्यालयको समय अघि वा पछि कमजोर विद्यार्थीहरुका लागि विल्द्यालयको अतिरीक्त कक्षा संचालन गर्न शिक्षका शिक्षिकाले स्वीकृतिमा पाँउनेछ ।
२.१८अध्यापनः
क) विषय शिक्षकहरुले विद्यार्थीको पढाइ सम्बन्धमा मुल्याङकन गरी लिखित रुपमा प्रिन्सिपल समक्ष पेश गर्नु पर्नेछ । साथै आवश्यकता अनुसार विद्यार्थीको वाबु आमा र अभिभावकले विद्यार्थीको पढाईबारे बुभm्न चाहेमा पनि उनीहरुलाई विद्यार्थीको कमजोरी कुन विषयमा छ सो जाकारी गराउनु पर्नेछ ।
ख)विद्यार्थीहरुको व्यक्तिगत मल्याङकन अभिलेख पछि सम्मको लागि राख्नु पर्नेछ ।
परीक्षाः
क)सवै विषय शिक्षकहरुले आआफ्नो विषयको प्रश्नपत्र तयार गरी त्यसको प्रति विद्यालयमा पेश गर्नु पर्नेछ ।
ख)विषयको अंक, समय विद्यालयको निर्देशन मुतविक हुनेछ ।
ग)निश्चित समय , भित्र नतिजा प्रकाशन गर्न सवै शिक्ष्कहरुले आपm्नो कर्तव्य र सहयोग गर्नु पर्नेछ ।
कक्षाको अनुशासन र क्रियाकलापः
क)सवै शिक्षक शिक्ष्किाहरुले विद्यार्थीको किताव, कापी, डायरी, गृहकाई नियमित रुपमा परीक्षण गर्नु पर्नेछ ।
ख)कक्षा शुरु गर्नु अघि शिक्ष्क शिक्षिकाले विद्याथीको हाजिरी लिनु पर्नेछ र अनुपस्थित प्रधानाध्यापक विदार्थीको नाम प्रिन्सिपल सपक्ष पेश गर्नुपर्नेछ ।
हरेक पाठ पढाई सके पछि शिषकले विद्यार्थीले तपशिल अनुसार सिके सिकेनन् बुझेनु पर्छ ः
१.नयाँ शव्दहरुको उचचारण शुद्ध रुपले गर्न सके , सकेनन् ?
२नयाँ शव्दको अर्थ सस्पष्ट बुझ्न सके सकेनन् ?
३.शव्दहरु, वाक्यहरु शुद्ध रुपमा लेख्न सके , सकेनन्?
४.परिच्छेद शुद्ध रुपमा वाचन गर्न सके , सकेनन्?
५.पढिसकेका पाठबाट के बुझे,के भन्न सक्ने भए र के लख्न सक्ने भए?
६.ती बुझेका ,भनेका र लेखेका जवाफहरु ठिक भए कि भएनन् ?
सामान्य निर्देशनः
क) अँग्रजी माध्यमबाट पढाई हुने भएकाले विद्यालय समयमा शिक्षक ,शिक्षिका तथा कर्मचारीले अंग्रजीमा कुरा र्नपर्नेछ र विद्याथीहरुलाई पनि अंग्रेजीमा बोले बानी लगाउनु पर्नेछ । यो नियमा कक्षा भित्र वा बाहीर जहाँ पनि लागू् हुनेछ ।
ख)भाष शिक्षक ।। शिक्षिकाले भने आफ्नो काक्षामा सोही भाषाबाटै अध्यापन गर्नु पर्नेछ ।
ग)पूर्व प्राथमिक शिक्षकले भने आफ्ना साना नानीहरुलाई खाली समयम बढी ध्यान दिनु पर्नेछ ।
घ)विद्यालयको समयमा शिक्षक शिक्षिकाहरुले विद्यार्थीहरु प्रति विशेष ध्यान दिनु पर्नेछ ।यद्यपी कुनै घट्ना भएमा प्रअ.लाई जानकारी दिई प्रथामिक उपचारको शिघ्र व्यवस्था गर्नुपर्नेछ ।
ङ) शिक्षक शिक्षिकाले कक्षाको समय अघि अध्यापन सकेर अरु कक्षाको शिक्षकहरुलाई पर्खिने र कक्षा कोठा छोडि पढाईमा तल माथि गर्नु हुदैन । घण्टी लागेपछि मात्र एक कक्षा छाडेर आर्को कक्षामा तुरुन्तै जानु पर्छ ।
ऐ कक्षा शिक्षक , विषय प्रमुख र अतिरिक्त क्रियाकलाप शिक्षकको लागि सामान्य निर्देशनःनिम्न बमोजिमको आलेखहरु यथावत रुपमा राख्नुपर्दछ ।
क)हाजिरी रकर्ड
ख) कक्षा अभिलेख र व्क्तिगत अभिलेख
ग)कार्यक्रम रनिर्देशन पुस्तक
घ)पाठयोजना तथा रजिष्टर
ङ)काक्षाको मासिक निरिक्षण तथा मुल्याङकन रिपोर्टहरु,
च)आ आफ्नो कक्षाको नतिजा संग्रह
छ)उजुरी रजिष्टर
झ)गुण र अवगुण कार्ड रजिष्टर 
२.सेवा बाट अवकाश दिनु तथा हटाउनुः
शिक्षक शिक्षिका तथा कर्मचारीलाई तपशिलका अभियोगमा पुर्व सुचना दिई विद्यालय व्यवस्थापनको सिफारिसमा गुठीसंचालक समितिले  अवकाश दिन वा हटाउन सक्नेछ ।यसको  जिम्मेवार िशिक्षक कर्मचारी स्वयम हुनुपर्नेछ ।
तपशिलः
क)यदि आफ्नो कर्तव्य र जिम्मेवारी पुरा गर्न असक्षम भएमा
ख)यदि पटक पटक अनुशासन सम्बन्धी नियमहरु उल्लंघन गरेमा।
ग)विद्यालय प्रशासन , विद्यालय परिवार र विद्यार्थीका आम बाबु तथा अभिभावक बिच मनमुटव र गलत अर्थको सृजना गरेमा
ङ)यदि विद्यालयको हित ,भलाई र प्रगतिमा अवरोध खडा गरेमा 
च) यदि आफ्नो भन्दा माथिल्लो पदलाई प्रत्यक्ष चुनौती दिएमा,

छ) विद्यालय हाताभित्र शान्ति खल्बल्याउने किसिमका हानिकारक वस्तु ल्याएमा वा ल्याउने दुष्कार्य गरेमा,
ज) विना पूर्वसूचना विद्यालयमा एक महिना सात दिन अनुपस्थ्ति भएमा।
झ) विद्यार्थीहरुलाई गम्भीर रुपले शारिरिक सजाय तथा मानसिक पीडा दिएमा, 
ञ) मदिरापान सेवन गर्ने गरेमा । 

द्रष्टव्य ः
शिक्षक–शिक्षिका तथा कर्मचारीहरुलार्य दण्ड वा सजाय दिने अधिकारीले सेवाबाट अबकास लिनु वा हटाउनु अघि मनासिव माफिकको स्पटीकरणपेस गर्ने मौकाबाट बञ्चित गरिने छैन । 
२.२० निलम्बन ः 
क) सामान्यत ः प्र.अ. कसैलाई निलम्बन गर्नुपरेमा सो जानकारी र कारण सहित विद्यालय ब्यवस्थापन समितिको अध्यक्षलाई पेश गर्नु पर्नेछ । सो को लागि समय नभएमा पछि अनुमोदन समेत गराउन सकिनेछ । 
ख) निलम्बन १५ दिन देखि १ महिना सम्म गर्न सकिनेछ । 
ग) निलम्बनको आदेशलाई वि.ब्या समितिले जुनसुकै बेला फुकुवा गर्न सकन्ेछ । े
घ) निलम्बन रहेको शिक्षक वा कर्मचारीले निलम्बन अवधिको खाई पाई खाएको तलबको चार भागको एकभाग मात्र पाउनेछ । तर निर्दोष प्रमाणित भएमा सो अवधिको पूरै तलब पाउनेछ । 

२.२१ सजाय ः
अनुशासन सम्वन्धि नियमहरु उल्लंघन गरेको प्रसस्त कारणहरु भएमा शिक्षक–शिक्षिका तथा कर्मचारीहरुलाई तपसिल अुनसारको साजय दिईनेछ । 
तपसिल ः 
क) सामान्य सजाय ः 
१. स्पष्टिकरण,
२. नसिहत दिने,
३ं हेलचेक्र्याईको कारणले कुनै सम्पति हिनामिना भएमा वा टुटेफुटेमा क्षतीपूर्ति वापतको रकम असुल गर्ने गराउने,
४. तलब बृद्धि रोक्क ागर्ने, गराउने । 
ख) विशेष सजाय ः
१. पद घटुवा गर्ने वा तलब घटुवा गर्ने 
२. निलम्बन गर्ने,
३. पूर्व सूचना दिई पदच्यूत गर्ने । 
२.२२ सेवा पुनःस्थापना भएमातलब भत्ता दिने बारेमा ः 
शिक्षक शिक्षिका कर्मचारी पनुः स्थापना भएमा निर्णय लिई तलब भत्ता वि.व्य.स. को निर्णय अनुसार दिईनेछ । 
२.२३ पुनराबेदन ः 
क) अनुसासन सम्वनिध् काम कारवाहिमा परेका शिक्षक तथा कर्मचारीले ३५ दिन भित्र वि.व्य.स. समक्ष आफ्नो ाबी पेश गर्नु पर्नेछ । 
ख) विद्यालय व्यवस्थापन समितिको निर्णय अन्त्मि हुनेछ । 
२.२४ राजीनामा
क) कुनै शिक्षक–शिक्षिका वा कर्मचारीले आफ्नो पदबाट लिखित राजिनामा दिएमा शैक्षिक सत्रको अन्त्यमा परीक्षा सकिएपछि मात्र स्वीकृति गरिनेछ । 
ख) शैक्षिक सत्रको बीचैमा कुनै शिक्षक–शिक्षिका वा कर्मचारीले राजीनामा दिएमा वा विद्यालय छाडेमा निजले विद्यालयबाट पाइने धरौटी वा आर्थिक सहुलियतबाट बञ्चित हुनुपर्नेछ । 
ग) शैक्षिक सत्रको बीचैमा कुनै शिक्षक शिक्षिका वा कर्मचारी बिना सूचना सात दिनभन्दा बढी लगातार विद्यालयमा अनुपस्थित रहेमा निजलार्य अवकास दिएर कारवाही गरिनेछ । 
२.२५ अवकाश ः
अ. अनिवार्य अवकाश ः 
क) शिक्षक–शिक्षिका कर्मचारीहरु निम्न लिखित अवस्थामा अनिवार्य अवकास हुनेछन् । ः
१. ६० वर्ष उमेर पुरा भएमा,
२. ३० वर्ष सेवा अवधी भएमा,
३. शारिरिक रुपमा असक्त भएमा
ख) शिक्षक–शिक्षिका तथा कर्मचारीहरुको उमेर निम्न अनुसार गणना गरिनेछ ः
१. नागरिकत्ताको प्रमाण पत्रको आधारमा
२. शैक्षिक योग्यताको आधारमा
३. नोकरी प्रवेस गर्ने बेलामा लेखिदिएको जन्म मिति वा वर्षबाट हुने उमेर 
४. माथि जुनसुकै लेखिएको भएपनि विद्यालय व्यवस्थापन समितिले चाहेमा शिक्षक तथा कर्मचारीको सेवा थप गर्न सक्नेछ । 
आ. अबिछिन्न रुपमा बिस वर्षसम्म सेवा गरेका शिक्षक–शिक्षिका तथा कर्मचारीले स्वेच्छिक अवकास लिन सकन्ेछन् । 

माग – ३
आर्थिक व्इवस्थापन पक्ष
३.१ कोष ः
विद्यालयको आफ्नो छुट्टै कोष रहनेछ, जसमा देहायका रकमहरु रहनेछन् ः 
क) विद्यार्थीहरुबाट विद्यालयले तोके वमोजिम प्राप्त हुने मासिक पढाई शुल्क र अन्य शुल्कहरु, 
ख) विद्यालयले प्राप्त गरेको चल, अचल, सम्पत्ती
ग) कुनै खाता बाट वा व्यक्तिबाट प्राप्त चन्दा तथा सहयोग रकमहरु । 
घ) गुठीले प्रदान गरेको रकम
३.२ अचल स्रोतबाट प्रबाह हुने रकम
विद्यालयमा अचल स्रोतको जायजेथा प्राप्त या जम्मा हुन आएमा त्यसलाई विद्यालयको सम्पतीको रुपमा तोकिने छ। त्यसबाट प्राप्त नगदलाई विद्यालयको कोषमा जम्मा गरिनेछ । 
३.३ सानो नगदी कोष ः 
कामको अवस्था हेरिकन एक पटकमा बढीमा रु ५००।–(पाँच सय) सम्म्को सानातिना रकम खर्च बढीमा रु ५०००,– (अक्षेरुपी पाँचहजार) सम्मको सानो नगदी संचालन गर्न लेखापालको जिम्मामा संस्थापकको स्वीकृतिमा प्रधानाध्यापकले गर्दछ । 
३.४ कल्याण कोषको व्यवस्था ः
सामाजिक रुपमा पिछडिएका, जेहेन्दार, गरीव, अनाथ, विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्न विद्यालयले एक विद्यार्थी कल्याण कोषको व्यवस्था गर्नेछ । 
३.५ कोषको संचालन ः 
कुनै पनि स्रोतबाट विद्यालयलाई प्राप्त हुने रकम नगदी रसिदमा आम्दानी जनाई विद्यालयको नाममा एक चल्ती खाता खोली बैंकमा जम्मा गरिनेछ । बैंकका खाता संचालन संस्थापक, अध्यक्ष, प्रधानाध्यापक, प्रशाक र लेखापाल मध्ये समितिले तोकेको दुईजना व्यक्तिको संयुक्त सस्तखतबाट हुनेछ । 
३.६ बजेट तयार गर्ने ः  
विद्यालयको निर्धारित नीति भित्र रहेर आगामी शैक्षिक सत्रका लागि चाहिने बजेट प्रधानाध्यापकले तयार गरी व्यवस्थापन समितिबाट स्वीकृत गराउनु पर्नेछ । 
३.७ खर्च गर्ने तरिका र आदेश ः 
स्वीकृत बजेट भित्र रही कुनै पनि खर्च स्वीकृत गर्ने अधिकार संस्थापक वा प्रधानाध्यापक रहनेछ । विशेष परिस्थितीमा बाहेक रु १०००।– (अक्षेरुपी एक हजार) भन्दा बढीको कुनै पनि रकमको भुक्तानी बैंकबाट हुनेछ । 
३.८ विद्यालयको जिन्सि, नगद मौज्दात, आम्दानी खर्चको श्रेस्ता अभिलेख राख्न लगाउने र नियम अनुसार खचृ गर्न लगाउने जिम्मेवारी प्रधानाध्यापकमा रहनेछ । 
३.९ प्राप्त सम्पत्तिहरु मध्ये रु १०००।– (एकहजार) भन्द्या बढी भएका र ३ वर्ष भन्दा खप्ने सामानहरुलाई प्रचलित आर्थिक ऐन अनुसार वर्गिकरण गरी सम्पत्ति रजिष्टरमा चढाएर राखिनेछ । 
३.१० कुनै शिक्षक–शिक्षिका तथा कर्मचारीको जिम्मा रहेको मालसामान टुटफुट, हराएको वा हिनामिना भएमा सोहि शिक्षक–शिक्षिका तथा कर्मचारीले के कस्तो अवस्थामा टुटफुट भएको, हराएको वा हिनामिना भएको हो सो को औचित्य वा कारण समेत खुलाई प्रधानाध्यापक समक्ष पेश गर्नुपर्नेछ । यसरी पेश भएको औचित्य मनासिव भएमा रु २०००।– (अक्षेरुपी दुई हजार) सम्म मोल पर्ने सामान विद्यालय व्यवस्थापन समिति मापर्ःत प्रधानाध्यापकले मिनाहा गर्न सक्नेछ । सो भन्दा माथि जतिसुकै भए पनि संस्थापक वा वि.व्य.स.ले मात्र मिनाह गर्न सक्नेछ । 
३.११ विद्यालयलाई आवश्यक पर्ने कुने पनि मालसामानको खरिद गर्दा निम्नानुसारको विधिबाट गर्नु पर्दछ । 
क) एक पटक रु. ५०००।– सम्म सोझै बजारबाट । 
(ख) रु. ५,००१।– देखि रु. ५०,०००।– सम्म पर्ने मालसामान दर्ता भएको पसल, कम्पनी वा फर्महरुबाट कम्तिमा ३ (तीन) दरभाउ पत्र (कोटेशन) लिएर कम मोल अंकित गर्नेबाट 
(ग) रु.५०,०००।– माथि जतिसुकै रकमको मालसामान खरिद गर्दा पनि संस्थापन वा व्यवस्थापन समितिले एक निर्माण समिति तोकि सो समितिको प्रत्यक्ष रेखदेखमा गर्न लगाउन सक्नेछ ।
३.१२ दशै खर्च ः 
निरन्तर ६ महिना भन्दा बढी काम गरेका शिक्षक तथा कर्मचारीले स्थिति अनुशार शुरु स्केलको एक महिना बरावरको रकम दशै खर्च वापत पाउने छ । 
३.१३ आवास भत्ता ः
विद्यालय व्यस्थापन समितिले आवश्यक देखेमा घर भाडा दिन सक्नेछ ।
३.१४ स्वास्थय उपचार खर्च ः
कसैलाई स्वास्थय उपचार खर्च दिन आवश्यक देखेमा वि.व्य.स.ले गर्न सक्नेछ ।
३.१५ खाजा भत्ता ः
उपस्थित भएको दिनमा पुरा काम गरेको छ भने खाजा भत्ताको व्यवस्था गर्न सक्नेछ ।
३.१६ शुल्क निर्धाण ः
विद्यालयका अभिभावकहरुको राय सुझावलाई मनन गरी प्रत्येक कक्षाहरुमा पढाई शुल्क, भर्ना शुल्क लिन सक्नेछ । आवश्यक रुपमा विविध शिर्षकहरु माथी शुल्क लिएर मुनाफा कमाउने उद्देश्य नलिई सकभर धेरै ः विद्यार्थीहरुलाई सेवा उपल्वध गराउने छ ।
३.१७ संचय कोषको व्यवस्था ः
शिक्षकहरुको पेशागत सुरक्षालाई ध्यानमा राखि स्थायी रुपमा कार्यरत शिक्षक लगायत स्थायी कर्मचारीहरुको संचय कोषको व्यवस्था गरीनेछ ।  
३.१८ पोशाक व्यवस्था ः
विद्यालयमा विद्यार्थीहरुको पोशाकमा एकरुपता आए जस्तै शिक्षकहरुको पनि प्रतिस्पर्धात्मक वातावरण सृजना नहोस भन्ने दृष्टिकोणले शिक्षक–युनिफर्मको व्यवस्था गरिनेछ । युनिफर्म भत्ता वापत बढिमा ५०% युनिफर्मको रकम विद्यालयले दिन सक्नेछ ।
३.१९ बार्षिक तलब बृद्धि ः
कामको मुल्याङकन, अनुशासन आदिको लेखाजोखा गरि शिक्षकहरुको तलब भत्ता बार्षिक रुपमा भत्ता बृद्धि गरिनेछ ।
३.२० निशुल्क शिक्षा ः
विद्यालयमा भर्ना भएको संख्याको ५% (प्रतिशत) लाई निःशुल्क शिक्षा प्रदान गरिनेछ ।
जसमध्ये निम्न बमोजिमले पाँउन सक्नेछ ।
(क) बार्षिक परीक्षामा प्रथम हुने छात्र वा छात्राले पूर्णरुप निःशुल्क छात्रबृति र निशुल्क        पाठ्यपुस्तक ।
(ख) ९०% भन्दा बढी अंक ल्याउने विद्यार्थीलाई प्रत्येक त्रैमासिक निःशुल्क छात्रबृति दिने ।
(ग) साधारणत ः कक्षामा प्रथम हुने विद्यार्थीलाई त्रैमासिक अर्ध छात्रबृति निःशुल्क दिने ।
(घ) एकै अभिभावकका ३ जना छात्र वा छात्रा आएमा १ जनाले,
(ङ) गरीब तथा जेहेन्दार छात्र वा छात्राहरुले 
(च) पिछडिएका जात जातीहरु र जनजातीहरु आदी मध्येबाट  
३.२१ अन्य भता ः
निम्न पदका लागि वि.व्य.समितिले निर्णय गरी गरी थप भता दिन सक्नेछ ।
(क) प्रिन्सिपल 
(ख) सहायक
(ग) प्रशासक 
(घ) लेखा प्रमुख
३.२२ तलब भताको आधार ः
(क) शिक्षक–शिक्षिका तथा कर्मचारीको तलब र अन्य भताहरुको निर्धाण, तह अनुशार योग्यता,    अनुभव र दक्षताको आधारमा गरिनेछ ।
(ख) विद्यालय व्यवस्थापन समितिले आवश्यक देखेको तलब स्केल र भता समय–समयमा परिवर्तन वा    संसोधन गर्न सक्नेछ ।
(ग) विशेष परिस्थिति बाहेक शिक्षक–शिक्षिका तथा कर्मचारीहरुको मासिक तलब महिना भुक्तान    भएको ५ दिन भित्रमा दिन सक्नेछ । 
३.२३ लेखा परीक्षण ः
(क) विद्यालयले आवश्यक देखेमा जुनसुकै बेलामा पनि विधालयको आम्दानी र खर्चको आन्तरिक    लेखा परिक्षण गराउन सक्नेछ ।
(ख) विद्यालयको अन्तिम लेखापरीक्षण प्रचलित कानुन बमोजिम हुनेछ ।  

भाग–४
भौतिक पक्ष
४.१ (क) भवन ः विद्यालय सञ्चालानार्थ भौतिक सुबिधा सम्पन्न भवनको आवश्यकतालाई महसुस गरी    तत्कालको लागि विद्यालय भवन भाडामा लिने तथा विद्यालय आर्थिक रुपमा सम्पन्न र सक्षम    भएपछि मात्र आफ्नै भवन बनाँउन पहल गर्नेछ ।
(ख) खेल मैदान ः विद्यार्थीहरुको शारीरिक विकाशको लागि विविध खेलकुदहरु संचालन गर्नका लागि    आवश्यक खेलमैदानको व्यवस्था गर्नेछ ।
(ग) शैक्षिक सामग्री ः उन्नत प्रबिधिको वर्तमान स्थितिमा भौतिक एवंम शैक्षिक सामाग्रीहरुको पर्याप्त    व्यवस्था गर्नका लागि पहल गर्दै तत्काल सामाजिक शिक्षा, कम्प्युटर तथा विज्ञान शिक्षाका लागि    र विद्यार्थीहरुलाई अन्य अत्यावश्यक श्रव्य, दृश्य आदिका सामाग्रीहरुको तर्जुमा गर्दै लाने पहल    गर्नेछ ।
भाग–४
विविध
५.१ यो विनियम लागू हुन पहिले भए, गरेको काम, कारबाहीहरु यसै विनियम बमोजिम भए गरेको मानिने छ । यसमा कुनै विवाद उत्पन्न भएमा अथवा कुनै व्याख्या गर्न परेमा सो व्याख्या गर्ने अनितम अधिकार वि.व्य.समितिलाई हुनेछ ।
५.२ यो विनियमम आवश्यकता अनुशार संसोधन गर्ने अधिकार विद्यालय व्यवस्थापन समितिलाई हुनेछ । 


५.३ यो विनियम लागू भएको मिति सम्मको लागि कुनै पनि स्थायी शिक्षक–शिक्षिका तथा कर्मचारीको सेवाको अवधि गणना गर्दा निजले कुनै पनि प्रक्रियाद्वारा विद्यालयमा प्रवेश गरेको मिति देखि नै गणना गरिनेछ ।
५.४ विद्यालयबाट उपलब्ध गराउने थप सुबिधाहरु तथा अन्य आवश्यक कुराहरु विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार हुनेछ ।
५.५ विद्यालयको आफ्नो छाप हुनेछ । सो छाप नेपाली र अँग्रेजी वा अँग्रेजी भाषामा मात्र हुनेछ ।
५.६ छाप ः
 अनुसूचि १ अनुसार एउटा वृतभित्र गोलाकार रुपमा माथिल्लो भागमा नेपालीमा फ्युचर स्टार    ईङलिश स्कुल र तल्लो भागमा ँगतगचभ क्तबच भ्लनष्किज क्अजयय िलेखिएको वचि भागमा    शिक्षाको प्रतीक षटकोण र षटकोण भित्र ज्ञानको प्रतीक तारा अंकित एवंम षटकोणका ठिक तल  तेर्सो गरी भ्कतम द्दण्छद्ध, प्बतजmबलमग लेखिएको एक छाप रहनेछ ।
५.७ झण्डा ः
 अनुसूचि २ अनुसार वर्गाकार आकाशे रंगको २ह२ मिटर कपडामा विद्यालयको छाप भएको एक  छुट्टै झण्डा हुनेछ ।
५.८ माथि उल्लेख गरेका कुराहरु बाहेक अन्य कुराहरुका हकमा शिक्षा नियमावली अनुसार हुनेछ ।

अनुसूचि –१

विद्यालयको छाप ः

अनुसूचि –२

विद्यालयको झण्डा 

















0 Comments: